अमेरिकामा नेपाली छात्रालाई गोली हान्ने सन्दीग्ध व्यक्ति पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अमेरिकामा नेपाली छात्रालाई गोली हान्ने सन्दीग्ध व्यक्ति पक्राउ

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौं । अमेरिकामा नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेलाई हत्यामा संलग्न आरोपमा एकजना पक्राउ परेका छन् ।

    अमेरिकामा नेपालीहरूले सञ्चालन गरेको समाचार पोर्टल नेपयोर्कका अनुसार हस्टन प्रहरीले पाण्डेलाई गोली हानी हत्या गरेको आरोपमा सन्दीग्ध एकजनालाई पक्राउ गरेको हो ।

    बुधबार ट्राफिक लाइटमा सवारी साधन रोकिँदा उनी देखिएको प्रत्यक्षदर्शीको सूचनाको आधारमा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेकव हो ।

    पक्राउ परेकाको पहिचान भने खुलाइएको छैन । स्थानीय समय अनुसार शनिबार राति ९:४८ मुनाको घरबाट बाहिरिँदै गरेका एक पुरुषको सीसीटीभी फुटेज प्रहरीले सार्वजनिक गरेको थियो ।