दमौली । राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठन कोशिशले बन्दीपुरका एक महिलालाई जीविकोपार्जन सहयोगको रूपमा बाख्राको माउपाठी सहयोग गरेको छ।
तनहुकाे बन्दिपुर गाउँपालिका वडा नं १ नाहाला निवासी सिहं बहादुर दमैको श्रीमती वर्ष ४३ की सम्झना परियारलाई कोशिशले मानसिक स्वास्थ्य समस्याको उपचार गरेपश्चात पारिवारिक पूर्णमिलन गराईसकेपछि पारिवारिक आर्थिक अवस्थामा र मानसिक स्वास्थ्यमा थप सुधार होस भन्ने उद्देश्यले जीविकोपार्जन सहयोग स्वरुप रु १८ हजार बराबरको ४ ओटा वाख्राकाे माउँपाठी वितरण गरको छ।
बन्दीपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठले उक्त माउपाठी हस्तान्तरण गर्दै कोशिश नेपालले यस्ता मानसिक समस्या भएका बिरामीहरूलाई उपचार गर्दै पुनस्थापना गर्नका लागि गरेको सहयोग सकारात्मक रहेको बताए ।
२०६५ सालमा स्थापित कोशिश, राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सगठन संस्थाले विगतका १६ वर्षदेखि नेपालमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्यको प्रबर्द्धनमा योगदान पुर्याउँदै आएको छ। हालसम्म देशका विभिन्न ठाउँका गरी १ हजार भन्दा बढी महिलाहरुलाई उद्धाप उपचार गरी समुदायमा पूर्नस्थापना गरी १० हजार भन्दा बढी व्यक्तीहरुलाई मनोशिक्षा प्रदान गरी मनोसामाजिक सहयोग पुर्याएको बताइएको छ.