मुग्लिन नारायणगढ खण्डमा बस र ट्रक ठोक्कियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मुग्लिन नारायणगढ खण्डमा बस र ट्रक ठोक्कियो

    खबरपुञ्ज संवाददाता

    १५ भाद्र २०८१, आईतवार

    चितवन। चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् । आज बिहान ए आर ०१ टि ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको ट्रक आपसमा ठोक्किएका मुग्लिन प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् ।

    उनका अनुसार दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरु सामान्य घाइते भएका छन् । अहिले उद्धारको काम चलिरहेको छ ।