न्याय परिषद् नियमावलीमा भएको गैर संवैधानिक र गैर न्यायिक संशोधन खारेज गर्न माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    न्याय परिषद् नियमावलीमा भएको गैर संवैधानिक र गैर न्यायिक संशोधन खारेज गर्न माग

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०८१, सोमबार

    दमाैली । कानून व्यवसायीले न्याय परिषद् नियमावलीमा भएको गैर संवैधानिक र गैर न्यायिक संशोधन खारेज गर्न माग सहित विराेध प्रर्दशन गरेका छन् । नेपाल बार एशाेसिएसनकाे केन्द्रीय कार्यक्रम बमाेजिम तनहुँ बार इकाइमा आबद्ध कानून व्यवसायीले साेमबार तनहुँ अदालत परिसरमा विराेध प्रदर्शन गरेका हुन् ।

    बार इकाइका अध्यक्ष डम्बरदेव हड्खलेले न्याय परिषद् नियमावलीमा भएको गैर संवैधानिक र गैर न्यायिक संशोधन खारेज हुनुपर्ने, गैर संवैधानिक संशोधित नियमावली बमोजिम न्यायाधीश नियुक्त नगर्नुपर्ने, न्यायालयमा व्याप्त भ्रष्टाचार, विकृति, विसङ्गति अन्त्य गरी न्यायिक स्वच्छता कायम गर्नुपर्ने माग सहित विराेधका कार्यक्रम गरिएकाे जानकारी दिए ।