बन्दीपुरमा तीज सप्ताहन्न उत्सव : छनोट चरण भोलिबाट सकिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरमा तीज सप्ताहन्न उत्सव : छनोट चरण भोलिबाट सकिने

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०८१, मंगलवार

    दमौली । पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालन भइरहेको तीज सप्ताहन्न उत्सवको छनोट चरण भोलि बुधबारबाट सकिने भएको छ । भदौ १५ गतेदेखि सुरु भएको उत्सवको चौथो दिन मंगलबारसम्म २५ भन्दा बढी समूहको प्रस्तुती सकिएको छ ।

    बुधबार छनोट चरणका अन्तिम प्रस्तुती रहने र बिहीबारबाट फाइनल चरण सुरु हुने कार्यक्रमका सांस्कृतिक संयोजक डा. तुलसीराम खनालले जानकारी दिए ।

    तीजलाई पर्यटनसँग जोडेर तीज सप्ताहन्न उत्सव आयोजना गरिएको कार्यक्रम संयोजक किरण पोख्रेलले जानकारी दिए । बन्दीपुर केबलकार एण्ड टुरिजम प्रालिको व्यवस्थापनमा सुरु भएको उत्सव कार्यक्रम २२ गतेसम्म सञ्चालन हुनेछ ।

    प्रतियोगिता प्रथम हुने समूहलाई रु एक लाख एक हजार, द्वितीय हुने समूहलाई रु ७५ हजार, तृतीय हुनेलाई रु ५० हजार र सान्त्वना हुनेलाई रु २५ हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ।

    सप्ताहन्न कार्यक्रममा राष्ट्रिय कलाकारहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, हरिदेवी कोइराला, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, सुनिता नेपाली, शान्ता डोटेल, सीता परियार लगायतको प्रस्तुती रहने बताइएको छ ।