विद्युतगृहभित्र काम गर्ने क्रममा लडेर मजदुरको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    विद्युतगृहभित्र काम गर्ने क्रममा लडेर मजदुरको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०८१, मंगलवार

    दमाैली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युतगृहमा काम गर्ने क्रममा लडेर मङ्गलबार एक मजदुरको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा बर्दियाको बारबर्दिया नगरपालिका–१ बस्ने ३८ वर्षीय रामकुमार थारु रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विद्युतगृहभित्र बन्दै गरेको भवनमा काम गर्ने लडेर घाइते भएका उनलाई उपचारका लागि पोखरा लगिएकामा पोखरास्थित अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए।

    तनहुँ जलविद्युत आयोजनाको प्याकेज दुई अन्तर्गत सिनो हाइड्रो कर्पोरेशनले विद्युतगृहको काम गरिरहेको छ । मृतक थारु त्यहाँ लामो समयदेखि कार्यरत थिए । तनहुँ जलविद्युत आयोजनाका प्रमुख श्यामजी भण्डारीले २० मिटर उचाइबाट खसेर घाइते भएका उनको उपचारका क्रममा दुःखद निधन भएको जानकारी दिए ।