असहाय बालबालिकालाई घर बनाउन सुदीपकाे ‘एक व्यक्ति एक इट्टा अभियान’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    असहाय बालबालिकालाई घर बनाउन सुदीपकाे ‘एक व्यक्ति एक इट्टा अभियान’

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०८१, मंगलवार

    दमाैली । तनहुँको व्यास नगरपालिका–१३ छाब्दीका असहाय बालबालिकालाई युवा अभियान्ता सुदीप गफ्फारले घर बनाउने अभियान सञ्चालन गर्ने भएका छन् । बुबाआमा बितेपछि बेसहारा बनेका उनीहरुलाई अभियान्ता गफ्फारले घर बनाउने अभियान सञ्चालन गर्न लागेका हुन् ।

    सो ठाउँका सन्दिप परियार, सिर्जना परियार, सुस्मिता परियार, सुदीप परियारका लागि उनले घर बनाउन सहयोग सङ्कलन अभियान चलाउनेछन् । हाल उनीहरु अर्काको जीर्ण घरमा बस्दै आएका छन् । हाल बसेकै घरभन्दा केही नजिक जग्गामा घर बनाउन टोल विकास संस्थाले सहमति दिएकाले सो जग्गामा घर बनाउने अभियान चलाइने गफ्फारको भनाइ छ ।

    उनले भने, “एक व्यक्ति एक इट्टा अभियान सञ्चालन गरिनेछ । हरेक व्यक्तिले थोरै थोरै सहयोग गरेपनि उनीहरुका लागि दुई कोठे घर बनाउन सकिनेछ ।”