अन्तरमाध्यमिक विद्यालय वक्तृत्वकलामा पवित्राकी आयुषा प्रथम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    अन्तरमाध्यमिक विद्यालय वक्तृत्वकलामा पवित्राकी आयुषा प्रथम

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०८१, बुधबार

    दमाैली । व्यास नगरपालिका–५ स्थित पराशर माध्यमिक विद्यालयमा बुधबार सम्पन्न अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा बन्दीपुरस्थित पवित्रा माविका आयुषा श्रेष्ठ प्रथम भएकी छन् ।

    नेपाल रेडक्रस सोसाइटीको ६३ औ स्थापना दिवको अवसरमा युवा रेडक्रस सर्कल पराशर माविको आयोजनामा भएको प्रतियोगितामा दमौलीस्थित सत्यवती माविकी साक्षी वाग्ले द्वितीय, जामुनेस्थित राधा माविका प्रवेश पण्डित तृतीय र दमौलीस्थित गोरखकाली आमाविका जेसीका पण्डित सान्त्वना भएका छन् ।

    प्रतियोगितामा विभिन्न विद्यालयका २२ जना विद्यार्थीको सहभागिता रहेको पराशर माविका प्रधानाध्यापक रामदत्त पौडेलले जानकारी दिए