केडिएस फाेन जाेनमा सामसुङसँगै आइफाेन पनि किस्ताबन्दीमा !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    केडिएस फाेन जाेनमा सामसुङसँगै आइफाेन पनि किस्ताबन्दीमा !

    खबरपुञ्ज संवाददाता

    १९ भाद्र २०८१, बिहीबार

    दमौली । व्यास नगरपालिका-२ न्युराेडस्थित केडिएस फाेन जाेन (साइबर जाेन) सामसुङ माेवाइल किस्ताबन्दीमा उपलब्ध हुँदै आएकामा अब छिट्टै आइफाेनमा पनि उक्त सुविधा लागु हुने भएकाे छ ।

    माेवाइल खरिदमा ग्राहकलाई सजिलाे बनाउने उद्धेश्यले शुन्य प्रतिशत व्याजदरमा सामसुङ माेवाइल विक्री हुँदै आएकाे छ । अब निकट भविष्यमै आइफाेन पनि किस्ताबन्दीमा उपलब्ध गराइने केडिएस फाेन जाेन (साइबर जाेन) का सञ्चालक सुमिन मल्लले जानकारी दिए ।

    ‘झन्झटरहित फाइनान्स छिट्टै : हातमा सामसुङ मोवाइल तुरुन्तै’ योजना अन्तर्गत सामसुङका विभिन्न मोडलमा किस्ताबन्दीको सुविधा उपलब्ध भइरहेकाे उनकाे भनाइ छ ।

    यसका लागि मोवाइलको मोडल अनुसारको रकममा ४० प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्नेछ । बॉकी ६० प्रतिशत रकम भने एक वर्षको अवधिमा बिना व्याज तिर्न सकिने सुविधा रहेको मल्ल बताउँछन् ।

    अब निकट भविष्यमा आइफाेनका विभिन्न माेडल पनि किस्ताबन्दीमा विक्री गर्ने तयारी भइरहेकाे उनकाे भनाइ छ ।