कालीभञ्जन गण (इ) द्वारा विपद् प्रतिकार्य सम्बन्धी सचेतना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कालीभञ्जन गण (इ) द्वारा विपद् प्रतिकार्य सम्बन्धी सचेतना

    खबरपुञ्ज संवाददाता

    १९ भाद्र २०८१, बिहीबार

    दमौली । नेपाली सेनाको कालीभञ्जन गण (इ) ले व्यास नगरपालिकाका जनप्रतिनिधिलाई बिहीबार सामुदायिक विपद् प्रतिकार्य सम्बन्धी सचेतनामूलक जानकारी प्रदान गरेको छ । व्यास नगरपालिका–५ चापाघाटस्थित गणले नगरपालिकाका १४ वटै वडाका जनप्रतिनिधिलाई विपद् प्रतिकार्य सम्बन्धी सचेतना प्रदान गरेको हो ।

    समुदायमा हुने विपद्का घटना न्यूनीकरणका लागि गर्नुपर्ने कामका बारेमा जानकारी दिन गणले सचेतनामूलक कार्यक्रम गरेको गणका गणपति प्रमुख सेनानी बसन्त कार्कीले जानकारी दिए । त्यसक्रममा विपद्का बेला प्रयोग गरिने सामग्री समेत प्रदर्शन गरिएको थियो ।

    विपद् प्रतिकार्यका लागि उद्धारमा खटिने पहिलो उद्धारकर्ता समुदायका व्यक्ति भएकाले प्रतिकार्य सम्बन्धी सचेतना दिइएको गणले जनाएको छ । त्यसक्रममा करिब ४० जनाको सहभागिता रहेको थियो ।