दमौली । नेपाल विद्यार्थी संघ तनहुँले तीजका अवसरमा आयोजना गरेको तीज गीत प्रतियोगितामा व्यास-१ स्थित जलदेवी मावि प्रथम भएको छ ।
प्रतियोगितामा म्याग्दे-२ राधा मावि द्वितीय, ऋषिङ-१ शुक्ला मावि तृतीय र व्यास-१ निर्मल मावि सान्त्वना भएको छ। प्रतियोगितामा १४ विद्यालयको सहभागिता रहेको संघका कार्यवाहक अध्यक्ष आशिष कैनीले जानकारी दिए ।