तनहुँकाे घाँसीकुवामा पहिराले पृथ्वीराजमार्ग अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँकाे घाँसीकुवामा पहिराले पृथ्वीराजमार्ग अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०८१, शुक्रबार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा शुक्रबार बिहान गएको पहिराले दमौली–डुम्रे सडकखण्ड अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण बिहान ४ बजे खसेको पहिराले उक्त खण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो ।

    सडकमाथिबाट खसेको पहिराले पूरै भाग ढाकेपछि सवारी साधन पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दिलीप हुमागाईले जानकारी दिए । पहिरा पन्छाए राजमार्ग सुचारु गराउने प्रयास भइरहेको उनले बताए ।