दमौली । ऋषिङ गाउँपालिका-८ झिरुबासमा आमा समूहको भवनबाट खसेर बिहीबार राति एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७३ वर्षीय लोकबहादुर गुरुङ रहेका छन् ।
घाइते गुरुङलाई वडाध्यक्ष भरतकृष्ण श्रेष्ठले आफ्नै गाडीमा शुक्लागण्डकी-५ स्थित जिपी कोइराला उपचार केन्द्र पुर्याएका थियो । उनको उपचारका क्रममा मृत्यु भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘मलाई खबर आउने बित्तिकै झरीका बाबजुद पनि उहॉलाई अस्पताल पुर्यायौ तर उपचारका क्रममा दुखद निधन भयो । शुक्रबार बिहान ३ बजे शव घर पुर्यायौ । असल अभिभावक गुमाउनपरेकामा दुखी र स्तब्ध छु ।’