जामुनेमा सुरु भयो न्यु भिजनको तीज गीत प्रतियोगिता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जामुनेमा सुरु भयो न्यु भिजनको तीज गीत प्रतियोगिता

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०८१, शुक्रबार

    दमौली । म्याग्दे गाउँपालिका-२ जामुनेस्थित न्यु भिजन युवा क्लवको आयोजनामा शुक्रबारदेखि तीज गीत प्रतियोगिता सुरु भएको छ ।

    हरेक वर्षझै यस वर्ष पनि क्लवले तीजको अवसर पारी खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हो ।

    कार्यक्रमको राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले उदघाटन गरिन् । सो अवसरमा उनले सामाजिक विसङ्गति र कुरीति अन्त्यका लागि गीतका माध्यमबाट आवाज उठाउन आग्रह गरिन् ।

    कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले क्लवले सामाजिक क्षेत्रमा पुर्याएको योगदान सराहनीय रहेको बताए ।

    शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा तीज गीततर्फ १६ र नृत्यतर्फ १६ टिमको सहभागिता रहेको क्लवका अध्यक्ष राजिव श्रेष्ठले जानकारी दिए ।

    प्रतियोगितामा प्रथम हुनेलाई २० हजार २ सय २२, द्वितीय हुनेलाई १३ हजार ३ सय ३३ र तृतीय हुनेलाई ७ हजार ७ सय ७७ प्रदान गरिनेछ ।