नातिको अन्नप्रासनमा बीमा पोलिसी उपहार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नातिको अन्नप्रासनमा बीमा पोलिसी उपहार

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०८१, शुक्रबार

    दमाैली । व्यास नगरपालिका–२ निवासी रेशमलाल श्रेष्ठले नातिको अन्नप्रासनमा बीमा पोलिसी उपहार दिएका छन् । श्रेष्ठले नाति समवेद श्रेष्ठको शुक्रबार अन्नप्रासनको अवसरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स दमौली शाखामा बीमा गराएका हुन् ।

    शाखा प्रमुख जगदीश काफ्ले र एजेन्सी म्यानेजर आनन्दकुमार प्रधानले परिवारलाई बीमा पोलिसी हस्तान्तरण गरेका थिए ।

    श्रेष्ठ परिवारले रिलायबल सुलभ बाल जीवन बीमा प्लस बीमा गरेका छन् । सो अवसरमा रेशम श्रेष्ठले हरेक व्यक्तिले भविष्यको खर्च जोहो गर्नका लागि बीमा गर्नुपर्ने र नातिको पढाइ खर्चमा केही सहज होस् भन्ने उद्धेश्यले बीमा गराएको बताए ।

    एजेन्सी म्यानेजर आनन्दकुमार प्रधानले बीमा अनिवार्य बचत मात्रै नभइ आर्थिक सुरक्षाका लागि हरेक मानव जीवनमा अत्यावश्यक विषय भएको बताए ।

    रिलायवल नेपाल लाइफ ७१ लाख प्लस विभिन्न प्रकारका बीमित गराउन सफल कम्पनि भएको शाखा प्रमुख काफ्लेले बताए । यो संस्थामा ग्लोबल आइएमइ बैंक साथै सेन्चुरी कमर्सियल बैंकको मुख्य लगानी रहेको छ । उनका अनुसार यस संस्थामा नेपाली समाजमा सुहाउँदो सुबिधाहरु छन । हरेक घरमा बीमा हुनुपर्छ भन्ने मान्यता सहित चलेको दमौली शाखा आर्थिक बर्ष ०८०÷०८१ मा सार्वाधिक बीमित सहित नेपाल दोस्रो बन्न सफल भएको शाखा प्रमुख काफ्ले बताउँछन् ।