निजामती सेवा दिवसमा निवृत्त कर्मचारीलाई सम्मान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निजामती सेवा दिवसमा निवृत्त कर्मचारीलाई सम्मान

    खबरपुञ्ज संवाददाता

    २१ भाद्र २०८१, शनिबार

    दमाैली । निजामती सेवा दिवसका अवसरमा तनहुँमा सेवा निवृत्त कर्मचारीलाई सम्मान गरिएको छ । निजामती सेवा दिवस मूल समारोह समितिले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा विभिन्न कार्यालयबाट निवृत्त भएका ६७ जना कर्मचारी सम्मान गरिएको हो ।

    प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले कर्मचारीले इमानदार र कर्तव्यनिष्ठ भएर जनताको सेवा गनुपर्ने बताए ।

    कार्यक्रममा आधिकारिक ट्रेड युनियनका अध्यक्ष नारायण अधिकारी, कर्मचारी मिलन केन्द्रका अध्यक्ष अशोककुमार श्रेष्ठ, नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष रुद्र ठकुरी लगायत सहभागी थिए ।

    यसैबीच दिवसका अवसरमा आयोजित फुटबलको उपाधि निजामती कर्मचारी ट्रेड युनियनले जितेको छ । प्रमुख जिल्ला अधिकारीको टिमलाई हराउँदै कर्मचारी युनियनले उपाधि जितेको हो ।