न्यु भिजनको तीज गीतमा ऋषिङको पृथ्वी समाज प्रथम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    न्यु भिजनको तीज गीतमा ऋषिङको पृथ्वी समाज प्रथम

    खबरपुञ्ज संवाददाता

    २१ भाद्र २०८१, शनिबार

    दमाैली । तनहुँको म्यादे गाउँपालिका–२ जामुनेस्थित न्यु भिजन युवा क्लवको आयोजनामा शनिबार सम्पन्न बाह्रौ तीज गीत प्रतियोगितामा ऋषिङको पृथ्वी समाज सुधार आमा समूह प्रथम भएको छ । १६ टिमको सहभागिता रहेको प्रतियोगितामा ऋषिङ–१ स्थित पृथ्वी समाज सुधार आमा समूह प्रथम भएको हो ।

    प्रतियोगितामा म्याग्दे गाउँपालिका–७ स्थित वेदकालिका आमा समूह द्वितीय, व्यास नगरपालिका–१ स्थित गलम्बास आमा समूह तृतीय र म्याग्दे गाउँपालिका–२ स्थित शिवशक्ति आमा समूह सान्त्वना भएको छ ।

    नृत्यतर्फ व्यास नगरपालिका–४ तनहुँ नाच घर प्रथम, म्याग्दे गाउँपालिका–३ स्थित मनिता सुनाम द्वितीय र म्याग्दे गाउँपालिका–४ स्थित रोजिन श्रेष्ठ तृतीय भएका छन् ।

    गीततर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई २० हजार २ सय २२, १३ हजार तीन सय ३३, ७ हजार ७ सय ७७ र ३ हजार ७ सय ७७ नगद पुरस्कार प्रदान गरिएको छ ।

    नृत्यतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ६ हजार छ सय ६६, ४ हजार ४ सय ४४ र २ हजार २ सय २२ नगद पुरस्कार प्रदान गरिएको छ ।

    विजेतालाई म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, वडाध्यक्ष शिवबहादुर क्षेत्री, टुकराज अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

    सोही अवसरमा चर्चित गायिका भूमिका गिरीको प्रस्तुती रहेको थियो । क्लवका अध्यक्ष राजिव श्रेष्ठले कार्यक्रम सभ्य र भव्य रुपमा सफल भएको जानकारी दिए ।

    साेही अवसरमा क्लवले दुखी, गरिव तथा असहाय पाँच परिवारलाई र पाँच हजारका दरले सहयाेग गरेकाे क्लवका निवर्तमान अध्यक्ष सन्दीप रानाभाटले जानकारी दिए ।