रवि लामिछानेविरूद्ध पोखरामा सहकारी पीडितको नाराबाजी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    रवि लामिछानेविरूद्ध पोखरामा सहकारी पीडितको नाराबाजी

    खबरपुञ्ज संवाददाता

    २४ भाद्र २०८१, मंगलवार

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले नाराबाजी गरेका छन्।

    पोखराको विरौटास्थित ग्यालेक्सी ब्याङ्क्वेटमा पार्टीको प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन लागेका सभापति लामिछानेविरुद्ध पीडितले मंगलबार दिउँसो नाराबाजी गरेका हुन्।

    उक्त ब्याङ्क्वेटमा रास्वपा प्रदेशस्तरीय प्रशिक्षण चलिरहेको छ।

    सहकारी ठगीमा सभापति लामिछानेको संलग्नता देखेर विरोधस्वरुप नाराबाजी र कालो झण्डा देखाएको सुर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए।

    ‘रवि लामिछाने पोखरा आउने कुरा थाहा नै थिएन, थाहा पाउनेबित्तिकै हामी गएर नाराबाजी र कालो झण्डा देखायौं,’ उनले भने।