काठमाडौं । संविधान दिवसको दिन बिहीबार कैद छुट पाएर कोहीपनि नछुट्ने भएका छन् ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले संविधान दिवसमा कोहीपनि नछुट्ने बताए । उनले गृह कार्य नपुगेका कारण रोकिएको बताए ।
‘वर्षमा चारपटक माफी दिने भन्ने हो, संविधान दिवसमा दिनैपर्छ भन्ने होइन । दशैँमा पनि दिन सकिन्छ’, सहसचिव भट्टराईले बताए । यसअघि सरकारले गत गणतन्त्र दिवसका अवसरमा पनि कसैलाई पनि बाँकी सजाय माफी गरेर छाडेको थिएन ।
त्यसपछि ६ सय २० जनाको सूची निकालेर उजुरी भए आह्वान गरिएको थियो। उनिहरुलाई कसैलाई पनि छाडिएको छैन । दुई साताअघि थप ४ सय ९२ जनाको सूची निकालेर उजुरी आह्वान गरिएको थियो ।
रिहा हुने सूचीमा तनहुँ कारागारका सात जना कैदीबन्दी थिए । विभिन्न मुद्धामा रहेका सात जना कैदीबन्दी छुट्ने सूचीमा थिए ।