दमाैली । पत्रकार प्रकाशचन्द्र भट्टराईलाई प्रेस काउन्सिल पत्रकारिता पुरस्कार प्रदान गरिने भएकाे छ । प्रेस काउन्सिल नेपालको ५५ औं वार्षिकोत्सवको अवसरमा वितरण गरिने प्रेस काउन्सिल क्रियाशिल पत्रकारिता पुरस्कारका लागि भट्टराई छनाेट भएका हुन् ।
काउन्सिलले आइतबार आयाेजना गर्ने विशेष समाराेहका बीच राष्ट्रपति रामचन्द्र पाैडेलकाे समुस्थितिमा उक्त पुरस्कार प्रदान गर्नेछ । उक्त पुरस्कारकाे राशी रु १२ हजार रहेकाे छ ।
नेपाल पत्रकार महासङ्घ तनहुँका पुर्व अध्यक्ष एवं लोकवाणी दैनिक दमौलीका सम्पादक प्रकाशचन्द्र भट्टराई यसअघि पनि विभिन्न पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।