बन्दीपुर खानेपानीको नेतृत्व चुन्न मतदान, अध्यक्षमा थापा विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुर खानेपानीको नेतृत्व चुन्न मतदान, अध्यक्षमा थापा विजयी

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । बन्दीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नेतृत्व चयनका लागि मतदान गरिएको छ । मतदानमार्फत् संस्थाको नयॉ नेतृत्व चयन भएको छ ।

    संस्थाको अध्यक्षमा बाबुराम थापा निर्वाचित भएका छन् । उनले तीन सय १६ मत पाएका छन् । प्रतिस्पर्धी आनन्दमान जोशीले दुई सय १५ मत प्राप्त गरेका छन् ।

    उपाध्यक्षमा दीपक बानियॉ दुई सय ७५ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी तुलबहादुर गुरुङले दुई सय ३८ मत पाएका छन् ।

    सचिवमा कृष्णकान्त भट्टराई दुई सय ६७ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी भोजबहादुर थापाले दुई सय १९ मत पाएका छन् ।

    कोषाध्यक्षमा मिनबहादुर गुरुङ तीन सय नौ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी रतनबहादुर कार्कीले एक सय ८४ मत पाएका छन् ।