काठमाडाै । रास्वपाका सभापति रवि लामिछानेले आफूले केही नबिराएको दाबी गर्दै पक्राउ परिन्छ कि भनेर नडराएको पनि बताएका छन् । आफूलाई सहकारी ठगी प्रकरणमा पक्राउ गर्न खोजिएको बारे आक्रोश पोख्दै लामिछानेले आइतबार राति पार्टी कार्यालयमा समर्थकहरुलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘मैले केही बिराएको पनि छैन, म डराएको पनि छैन’, उनले भने, ‘सबैलाई हेक्का होस्, दुई तिहाइको सरकारलाई हेक्का रहोस् रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन’, उनले समर्थकहरूमाझ भने ।
प्रहरीको अनुसन्धानदेखि कहीँ कतै पनि आफू सहकारी ठगीमा संलग्न नरहेको देखिएको दाबी गर्दै उनले गोरखा मिडियामा आएको पैसा चलाएको बारेमात्रै कारबाही गर्न भनेको बताए ।