सहकारी ठगी प्रकरणमा जोशीलाई पॉच दिन म्याद थप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सहकारी ठगी प्रकरणमा जोशीलाई पॉच दिन म्याद थप

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०८१, सोमबार

    पोखरा । सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप भएको छ । गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्वडीआईजी जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप भएको हो ।

    विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा ल्याइएको थियो । आइतबारै पक्राउ पुर्जी जारी गरेर प्रक्राउ गरी जिल्ला अदालत कास्कीमा सोमबार उपस्थित गराइएको हो ।