कालिका युवा क्लवकाे भलिबलमा ढाडवेशी प्रथम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    कालिका युवा क्लवकाे भलिबलमा ढाडवेशी प्रथम

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँकाे देवघाट गाउँपालिका-३ स्थित कालिका युवा क्लवकाे आयाेजनामा भएकाे टाेल स्तरीय पुरुक्ष भलिबल प्रतियाेगितामा ढाडवेशी प्रथम भएकाे छ ।

    ३८ टिमकाे सहभागिता रहेकाे प्रतियाेगितामा देवपुर द्वितीय र ढड्डाघरी तृतीय भएकाे छ । प्रथम हुने टिमले खसी र द्वितीय हुने टिमले बाेका पुरस्कार पाएकाे छ ।

    विजेतालाई युवा नेता सिद्धान्त मगरले पुरस्कार वितरण गरेका थिए । साे अवसरमा उनले खेलकाे माध्यमबाट देशलाई विश्वमाझ चिनाउन सकिने भएकाले खेलमा प्रगतिका लागि खेलाडीलाई शुभकामना दिए ।