रवि लामिछानेले भने– समितिको सिफारिस कार्यान्वयन गर्न तयार छु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रवि लामिछानेले भने– समितिको सिफारिस कार्यान्वयन गर्न तयार छु

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०८१, मंगलवार

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदीय विशेष छानबिन समितिले गरेको सिफारिस कार्यान्वयन गर्न तयार रहेको बताएका छन् ।  मंगलबार साँझ फेसबुक लाइभबाट लामिछानेले संसदीय छानबिन समितिले प्रतिवेदनमा गरेको सिफारिस कार्यान्वयन गर्न तयार रहेको बताएका हुन् । 

    उनले आफू ग्यालेक्सी टेलिभिजनमा रहँदा भएको ‘आर्थिक अपचलन’को जिम्मेवारी लिन तयार रहेको पनि बताए । यस्तै सभापति लामिछानेले सहकारीबाट अरू सञ्चारमाध्यममा पैसा गएको खुलेकाले उनीहरूलाई पनि कारबाहीको दायरमा ल्याउनुपर्ने बताए । 

    यस्तै सभापति लामिछानेले संसदीय छानबिन समितिका सभापति सूर्यबहादुर थापाले पनि आफूलाई दोषी नभएको बताएको उल्लेख गरेका छन् । त्यसअघि प्रहरीले पनि सहकारीमा आफूलाई दोषी नदेखाएको उनले बताए । यस्तै सभापति छामिछानेले कांग्रेस महामन्त्री गगन थापालाई लक्षित गर्दै राजनीतिबाट राजीनामा दिनु नपर्ने बताए ।