बन्दीपुर केबलकार असोज १० देखि पुन: सञ्चालनमा आउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर केबलकार असोज १० देखि पुन: सञ्चालनमा आउने

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०८१, मंगलवार

    दमौली । बन्दीपुर केबलकार असोज १० देखि पुन: सञ्चालनमा आउने भएको छ । नियमित मर्मत सम्भार पश्चात् केबलकार असोज १० देखि सञ्चालनमा आउन लागेको हो ।

    गत भदौ २४ देखि केबलकार बन्द रहेको थियो । सुरक्षित एवं गुणस्तरीय केबलकार सेवा प्रदान गर्ने उद्धेश्य सहित नियमित मर्मत सम्भारका लागि बन्द गरिएको केबलकार १५ दिनपछि पुन: सञ्चालनमा आउन लागेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण पोख्रेलले जानकारी दिए ।