कविता : सडक सम्बन्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    कविता : सडक सम्बन्ध

    आकाश अधिकारी

    १० आश्विन २०८१, शुक्रबार

    आजकल मान्छेहरु खप्परमा
    अनेकन सपना बोकेर
    शहर जाने
    सडक खोज्दै हिडेका छन्।
    आजकल
    गाउँ बाट शहर जान
    सडक बनेको छ।
    तर!
    शहरबाट
    गाउँ फर्कने
    राजमार्ग भत्किएको छ।
    बुलढोजर,जेसिभिहरु
    कृस्णभिर जस्तै
    राजमार्गका अनेकन ठाउमा तैनाथ छन्।
    गाउँका तन्नेरी हरुलाई
    शहर पस्न ढिला नहोस् भनेर
    गाउँले विद्यार्थीलाई देश छाडन ढिला नहोस् भनेर!
    गाउँका बृद्धाहरुलाई
    सहरका अस्पताल हरुले
    कुरिरहेका छन्।
    तसर्थ
    शहर जाने सडक र राजमार्ग हरु
    चौबीसै घण्टा सुचारु हुन्छ

    हुन जरुरी छ।
    पहिला पहिला
    गाउँ बाट
    काक्रो जान्थ्यो शहरमा
    अदुवा जान्थ्यो मकै जान्थ्यो
    घ्यू जान्थ्यो चामल जान्थ्यो
    निगुरो जान्थ्यो
    गिठ्ठा जान्थ्यो
    तरुल जान्थ्यो
    पिंडालु जान्थ्यो
    खसी बोका जान्थ्यो।
    यस्तै यस्तै धेरै थोक जान्थ्यो।
    फर्कदा!
    गाउँ ले शहर बाट
    ज्ञान् बिज्ञान बोकेर फर्कन्थो।
    कापी किताब बोकेर फर्कन्थ्यो।
    फर्कदा शहर बाट
    बिकास बोकेर फर्कन्थ्यो।
    आजकल!
    शहर संग न ज्ञान् छ।
    न त विज्ञानका औजार हरु छ।
    सहर ले आजकल!
    युवाहरु बेच्ने अड्डा खोलेको छ
    मानवता भस्म गर्ने
    रसायन ठेलेको छ।
    हिजोका अस्पतालमा
    रोग विरुद्धको भ्याक्सिन पाईन्थ्यो।
    टाउको दुखेको औषधि पाईन्थ्यो
    आजकल शहरका अस्पतालमा
    युवाहरूलाई लठ्ठायाउने ट्याब्लेट र सुई पाइन्छ।
    शहर का गल्ली गल्लीमा
    नारी अस्मिता बेच्ने पसल खुलेका छन
    पुरुष हरु मशिन बनेर खटेका छन्
    यस्तो लाग्छ!
    बुलडोजर हरु राजमार्ग बनाउदै छन्
    बनेको राजमार्गमा
    इभि गाडीहरू
    गाउँ बाट युवाहरूलाई
    शहर सम्म बोकिरहेका छन्
    लाग्छ्!
    राजमार्ग बनेकै गाउँ रित्याउन हो।
    सडकले!
    गाउँ र शहरको सम्बन्धमा
    सन्तुलित हुनु पर्थ्यो
    अपवाद!
    सडक र राजमार्ग हरु
    आजकल यमराज बनेकाछन्
    गाउँ आएर युवा टिपेर
    गाउँमा कहिल्यै नफर्काउने
    यमराज बनेका छन्।
    सडक र सहर त!
    यमराज
    अनि
    यमलोक बनेका छन्।