दमाैली । तनहुँकाे ऋषिङ गाउँपालिका-८ स्थित कुमारी बैङ्क अगाडी शनिबार बिहान एक घर भत्किदा तीन वटा बाख्रा मरेका छन् ।
निरन्तरकाे वर्षाका कारण विन्दुकुमार श्रेष्ठकाे घर भत्किदा तीन बाख्रा मरेका हुन् । घरले पुरिएर चार मध्ये एक बाख्राकाे भने जीवित उद्धार गरिएकाे छ । घर पूर्ण रुपमा क्षति भएकाे र मानवीय क्षति नभएकाे प्रहरीकाे भनाइ छ ।