गोरखाको लापुबेँसीबाट छुटेको बस दुई दिनदेखि सम्पर्कबिहीन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गोरखाको लापुबेँसीबाट छुटेको बस दुई दिनदेखि सम्पर्कबिहीन

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०८१, आईतवार

    गोरखा । गोरखाको धार्चे गाउपालिका लापुबेँसीबाट काठमार्डाैँका छुटेको बस दुईदिनदेखि सम्पर्क बेपत्ता भएको छ। जिल्लाको दरौँदी यातायातका अध्यक्ष नारायण खत्रीका अनुसार ना ४ ख २२७० नम्बरको बस असोज ११ गतेरातिदेखि हराएको हो।‘११ गते छुटेको बस त्यही दिन राति १० बजे खानीखोलासम्म सम्पर्कमा थियो,’ खत्रीले भने,‘त्यसपछि भने कसैसँग सम्पर्क भएको छैन। आजसम्म पनि कोही कसैसँग सम्पर्क नभएपछि कम्पनीले आफ्नोतर्फबाट खोजी गरिरहेको छ।’

    उनका अनुसार बसमा चालक र दुईजना सहचालक मात्र भएको बुझिएको छ। अन्य यात्रु भए नभएको स्पष्ट हुन सकेको छैन।