भेटेरीनरी अस्पतालमा कुकुरकाे बन्ध्याकरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भेटेरीनरी अस्पतालमा कुकुरकाे बन्ध्याकरण

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०८१, मंगलवार

    दमाैली । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले बजार क्षेत्रमा कुकुरको सङ्ख्या घटाउन बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । शहरी क्षेत्रमा सामुदायिक कुकुरको सङ्ख्या बढ्न थालेपछि केन्द्रले बन्ध्याकरण शिविर सञ्चालन गरी कुकुरको बन्ध्याकरण गरेको हो ।

    शिविरको पहिलो दिन आज ३५ वटा सामुदायिक र १६ घरपालुवा गरी ५१ कुकुरको बन्ध्याकरण गरिएको केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले जानकारी दिए। त्यस्तै शिविरमा दुई सय ३८ कुकुरमा रेबिज विरुद्धको खोप लगाइएको छ।

    मङ्गलबारसम्म सञ्चालन हुने शिविरमा पशु सर्जन डा. अनन्त कोइराला, डा. किरण पाण्डे, डा. मनोज विश्वकर्मा, डा. विनय शाह, डा. नरेश चौधरी, डा. राजेशकुमार चौधरी, डा. सन्जय श्रेष्ठ र डा. नरेश शाहले कुकुरको बन्ध्याकरण गरेका छन् ।