एमाले निकट विद्यार्थीले सफा गरे बाढीले डुबानमा परेको वृद्धाश्रम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमाले निकट विद्यार्थीले सफा गरे बाढीले डुबानमा परेको वृद्धाश्रम

    खबरपुञ्ज संवाददाता

    १५ आश्विन २०८१, बुधबार

    चितवन । नेकपा (एमाले) निकट युवा विद्यार्थीहरुले नारायणीमा आएको बाढीका कारण डुबानमा परेको देवघाटको वृद्धाश्रममा सरसफाइ गरेका छन् । एमालेको नेपाल राष्ट्रिय युवा संघ चितवन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनरास्ववियु) चितवनका युवा विद्यार्थीहरुले सरसफाइ गरेका हुन् ।

    देवघाटमा रहेको रोटरी करुणालय (वृद्धाश्रम) तथा थाहा सदावर्तमा सरसफाइ गरिएको हो । उक्त आश्रममा बाढी पस्दा क्षति पुगेको छ । आश्रमका कोठाभित्र ३ फिटसम्म माटो भरिएको छ ।

    एमाले निकट युवा विद्यार्थीहरु सोही माटो फाल्न आश्रम पुगेका हुन् । कार्यक्रममा एमाले चितवनका अध्यक्ष कमलराज पाठक, उपाध्यक्ष श्याम कुमार विष्ट, सचिव प्रकाश ढुंगानासहित युवा संघ र अनेरास्ववियुका विभिन्न तहका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।