टोपेखोलामा ढुंगा खसेर लाग्दा दुई बसका पॉच घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    टोपेखोलामा ढुंगा खसेर लाग्दा दुई बसका पॉच घाइते

    खबरपुञ्ज संवाददाता

    १९ आश्विन २०८१, आईतवार

    चितवन । चितवनको नारायणगढ-मुग्लिङ सडकमा सडक माथिबाट ढुंगा खस्दा २ वटा बसका ५ जना घाइते भएका छन् ।

    इच्छाकामना गाउँपालिका-६ टोपेखोलामा शनिबार राति ढुंगा खसेर लाग्दा ५ जना यात्रु घाइते भएका हुन् ।

    घाइतेमध्ये तीनजनाको अवस्था मध्यम र दुईजनाको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।