चार दिने भुटान भ्रमणबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चार दिने भुटान भ्रमणबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह

    खबरपुञ्ज संवाददाता

    १९ आश्विन २०८१, आईतवार

     काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हिमाली अधिराज्य भुटानको चार दिने भ्रमण सकाएर आइतबार स्वदेश फर्केका छन् । बिहीबार भुटान पुगेका पूर्वराजाको भ्रमण अनोपचारिक भनिए पनि विशिष्ट दर्जाको सम्मान उनले पाएका हुन् ।

    भुटानको राजधानी थिम्पु उड्नुअघि उनले बाढीपहिरोमा ज्यान गुमाउने, घाइते र पीडितहरुप्रति ‘श्री ५ महाराजाधिराज’ कै हैसियतमा वक्तव्य निकालेर श्रद्धान्जली, समवेदना व्यक्त गरेका थिए । लगत्तै उनले भुटानका राजा तथा राजपरिवार भेटेको प्रसंगले यतिखेर चर्चा पाइरहेको छ ।

    भुटानी राजा जिग्मे खेर नामग्यालका पिता जिग्मे सिंगे वाङचुकको निम्तामा शाह छोरीहरु प्रेरणा र शीताष्मा सहित शाह थिम्पु पुगेका थिए । राजकुमारी पेमा वाङचुकले उनलाई एयरपोर्टमै स्वागत गरेकी थिइन् ।