तनहुँ क्रिकेट लिगको उपाधि दमौली क्रिकेट क्लवलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँ क्रिकेट लिगको उपाधि दमौली क्रिकेट क्लवलाई

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०८१, सोमबार

    दमाैली । तनहुँ क्रिकेट लिगको उपाधि आयोजक दमौली क्रिकेट क्लवले जितेको छ । व्यास नगरपालिका–५ पाटन खेलमैदानमा आइतबार सम्पन्न फाइनल खेलमा बैरेनी युवा क्लवलाई १४ रनले पराजित गर्दै आयोजक दमौली क्रिकेट क्लवले उपाधि जितेको हो ।

    टस जितेर पहिले व्याटिङ गरेको दमौली क्रिकेट क्लवले निर्धारित २० ओभरमा अलआउट हुँदै एक सय ७८ रन बनाएको थियो ।

    जवाफी व्याटिङ गरेको बैरेनीले २० ओभरमा नौ विकेटको क्षतिमा लक्ष्य भेटाउन सकेन ।

    यसअघि शनिबार भएको पहिलो खेलमा दमौली राइभल्सलाई पराजित गर्दै बैरेनी युवा क्लव फाइनल प्रवेश गरेको थियो । त्यस्तै दोस्रो खेलमा मनकामना युवा क्लवलाई पराजित गर्दै दमौली क्रिकेट क्लव फाइनल पुगेको थियो ।

    उपाधिसँगै विजेता आयोजक दमौली क्रिकेट क्लवले नगद रु ३० हजार र उपविजेता बैरेनी युवा क्लवले नगद रु १५ हजार प्राप्त गरेको आयोजक क्लवका अध्यक्ष प्रविण पौडेलले जानकारी दिए ।