बन्दीपुर केबलकारको टिकटक प्रतियोगिता : धेरै शेयर, भ्युज र उत्कृष्ट भिडियोलाई नगद पुरस्कार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर केबलकारको टिकटक प्रतियोगिता : धेरै शेयर, भ्युज र उत्कृष्ट भिडियोलाई नगद पुरस्कार

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०८१, बिहीबार

    दमाैली । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले टिकटक प्रतियाेगिता आयाेजना गरेकाे छ । दसै‌काे अवसर पारेर लिमिटेडले टिकटक प्रतियाेगिता आयाेजना गरेकाे हाे ।

    जसअनुसार सहभागीले केबलकारकाे प्रमाेशन गीत वा बन्दीपुर केबलकारकाे स्टेशन परिसरमा भिडियाे बनाउनुपर्नेछ । धेरै शेयर, उत्कृष्ट भिडियाे र धेरै पटक हेरिएका भिडियाेलाई नगद रु दश हजार पुरस्कार प्रदान गरिने आयाेजकले जनाएकाे छ ।

    असाेज १९ देखि कात्तिक १५ गतेसम्मकाे भ्युज र शेयरकाे आधारमा निर्णय लिइने जनाइएकाे छ ।