दमाैली । तनहुँको व्यास नगरपालिका–६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको गैडाकोट नगरपालिका–२ बस्ने ४० वर्षीय नारायण पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
नदीले बगाएका पोख्रेललाई बगाएको ठाउँबाट एक किलोमिटर तल मृत अवस्थामा फेला पारेको प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए। दसैंमा ससुराली आएका पोख्रेल नुहाउनका लागि आज बिहान मादी नदीमा पुगेको र नदीले बगाएको थियो । स्थानीयवासी र प्रहरीले खोजतलास गर्दा उनलाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।