दमौली । प्रसिद्ध देवघाटधाम क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनका लागि यहाँ गण्डकी परिक्रमा महोत्सव हुने भएको छ । यही कात्तिक २९ गते देवघाटधाम गण्डकी परिक्रमा महोत्सव–२०८१ आयोजना गरिएको हो ।
मध्य नेपालको तनहुँ, चितवन र नवलपुर जिल्लामा फैलिएको पवित्र तीर्थस्थल देवघाटधाम र गण्डकीको सङ्गमको पूर्ण पावन ऊर्जा प्राप्त गर्ने तथा संसारकै दुर्लभ तीर्थ देवघाटधामको धार्मिक महत्व तथा भौतिक विकासलाई सम्वद्र्धन गर्दै वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले परिक्रमा महोत्सव गरिएको महेश संस्कृत गुरुकुल देवघाटका प्रधानाचार्य फणिन्द्रप्रसाद पौडेलले जानकारी दिए ।