दमौली। नेकपा माओवादी केन्द्र तनहुँले जिल्लाका सबै वडा र पालिका स्तरमा खबरदारी सभा गर्ने निर्णय गरेको छ । केन्द्रको मंगलबार दमौलीमा सम्पन्न नवौ बैठकले ८५ वडा र दश पालिकामा खबरदारी सभा सहित सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकमा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर चुमान, आशा कोइराला लगायतले सम्बोधन गरेका थिए ।