दमौली। जेसिआई व्यास नगरले हरेक वर्ष विविध कार्यक्रम गरि मनाउने जेसीज सप्ताहन्त २०२४ आजदेखि सुरु भएको छ ।
सप्ताहन्त उद्घाटन व्यास ७ कलेस्ती स्थित व्यास नगर समता विद्यालयमा न्यानो कपडा तथा स्टेशनरी वितरण गरि गरिएको जेसिआई व्यास नगरका अध्यक्ष नविन पुरीले जानकारी दिए ।
सप्ताहन्तको पहिलो दिन बिहीबार उक्त विद्यालयमा अध्ययनरत् ५५जना अभिभावकविहिन बालबालिकालाई जाडोमा प्रयोग हुने न्यानो कपडा वितरण तथा स्टेशनरी सामग्री वितरण गरिएको कार्यक्रम संयोजक अनुप रानाले बताए ।
कार्यक्रममा कार्यकारी उपाध्यक्ष एवं सप्ताहन्तका मुल संयोजक पूर्ण विकले स्वागत गरेका थिए भने महासचिव सनम अधिकारीले सञ्चालन गरेका थिए ।
सप्ताहन्तको दोस्रो दिन भोलि व्यास ३ अनसन चौतारी स्थित जेसिज धारा सरफाइ एवम् सचिवालय व्यवस्थापन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै भोलि नै व्यास १४ रुम्सी स्थित सामुदायिक होमस्टे प्रवद्र्धनको कार्यक्रम रहेको जेसिज सप्ताहन्तका मुल संयोजक पूर्ण विकले जानकारी दिए ।
सप्ताहन्तको समापन समारोह मंसिर ८ गते सोही होमस्टेलाई आवश्यक सामग्री सहयोग गरि गर्ने कार्यक्रम तय भएको अध्यक्ष पुरीले जानकारी दिए ।