रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइयो

    खबरपुञ्ज संवाददाता

    १२ मंसिर २०८१, बिहीबार

    पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको छ । 

    उनलाई बिहीबार साँझ विमानमार्फत काठमाडौं ल्याइएको हो । उनीविरुद्ध विभिन्न सहकारीमा ठगी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी गरिएको छ । 

    थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको हो । यसअघि बुटवल पनि लगिएको थियो । काठमाडौंपछि चितवन पनि लैजाने तयारी छ । चितवनका सहकारीमा पनि उनले ठगी गरेको आरोप छ ।