दमाैली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँको सभापतिमा विश्व बास्तोला चयन भएका छन् । पार्टीको शनिबार दमौलीमा सम्पन्न जिल्ला भेलाले बास्तोलालाई सभापतिमा सर्वसम्मत चयन गरेको हो । सभापतिमा निर्वाचित बास्तोला यसअघि सो पार्टीको जिल्ला संयोजक थिए ।
भेलाबाट पार्टीको उपसभापतिमा विजयराज जोशी, सचिवमा पदमराज न्यौपाने, सहसचिवमा अनिल श्रेष्ठ, कोषाध्यक्षमा पवित्रा पोख्रेल,सदस्यहरुमा बासु कडरिया, मुक्तिनाथ पण्डित चयन भएका छन् । त्यस्तै सदस्यमा पदेन सदस्यका रुपमा क्षेत्र नम्बर २ का सभापति डा. शेषरमण न्यौपाने र क्षेत्र नम्बर १ का सभापति विष्णु पन्त चयन भएका छन् ।
यसअघिका क्षेत्रीय सभापति पदमराज न्यौपाने सचिव भएपछि रिक्त उक्त पदमा विष्णु पन्तलाई चयन गरिएको सो पार्टीले जनाएको छ ।
पार्टीका जिल्ला सहसंयोजक सूर्यमणि पौडेल गण्डकी प्रदेश समितिको सदस्यमा चयन भएका छन् ।