दमाैली । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले व्यास नगरपालिका–७ बोटेटारका सुकबहादुर गुरुङलाई घातक रोग सम्बन्धी उपचार खर्च दावी भुक्तानी गरेको छ ।
इन्स्याेरेन्सको दमौली शाखामार्फत् बीमा गरेका गुरुङलाई शनिबार रु दुई लाख भुक्तानी गरिएको हो । मुटुको भल्ब ब्लक भइ उपचार गराएका गुरुङलाई उक्त रकम हस्तान्तरण गरिएको शाखा प्रमुख जगदीश काफ्लेले जानकारी दिए ।
नीज बिमित गुरुङले तीन वर्ष अगाडी बीमा गरेका थिए । रु दुई लाखको बीमा गर्दा घातक रोग सुविधा रु दुई लाख एकमुष्ट पाइने गरी सम्झौता भएको थियो ।
कार्यक्रममा वडाध्यक्ष कृष्णप्रसाद न्याैपानेले जीवन बीमाकाे फाइदा रहेकाले हरेक व्यक्तिले बीमा गर्न आवश्यक रहेकाे बताए ।