दमाैली । गृह मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय तनहुँ ६१ औं स्थानमा परेको छ ।
मन्त्रालयले बुधवार मात्रै सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१–८२ प्रथम त्रैमासिक नतिजामा जिल्ला प्रशासन कार्यालय तनहुँ ६१ औं स्थानमा परेको हो । तनहुँले २६.५४ अंक प्राप्त गरेको छ ।