अदालतको फैसला कार्यान्वयन गराउँदै तनहुँ प्रहरी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अदालतको फैसला कार्यान्वयन गराउँदै तनहुँ प्रहरी

    खबरपुञ्ज संवाददाता

    १८ मंसिर २०८१, बुधबार

    दमौली । तनहुँ जिल्ला अदालतको फैसला कार्यान्वयनलाई तीव्रता दिइएको छ। अदालतले विभिन्न मितिमा फैसला गरी सजाय सुनाइएका प्रतिवादी फरार हुने क्रम बढेपछि तनहुँ प्रहरीले प्रतिवादी पक्राउ गर्ने अभियान नै चलाएको छ।

    यसैक्रममा बुधबार तीन प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।

    पक्राउ पर्नेमा अमानवीय अपराध मुद्धामा २२ दिन कैद र रु दश हजार जरिवाना तोकिएका व्यास नगरपालिका-१३ वेसबासका गम्वीर थापा, सार्वजनिक अपराध मुद्धामा दुई हजार जरिवाना तोकिएका देवघाट-२ का मनबहादुर विक र चेक अनादार मुद्धामा एक हजार जरिवाना तोकिएका व्यास-३ का विजयराज पौडेल रहेका छन् ।

    सबैलाई बुधबार नै अदालत उपस्थित गराइएको प्रहरी नायब उपरिक्षक थापाले जानकारी दिए ।