दमौली । अन्तर्राष्ट्रिय लियो डे को अवसरमा लियो क्लब अफ तनहुँले बिहीबार व्यास नगरपालिका-१० वैरेनीस्थित उज्यालो घरमा खाद्यान्न सामग्री वितरण गरेको छ।क्लवले उज्यालो घरका बालबालिकाका लागि विभिन्न सामग्री सहयोग गरेको हो ।
सामाजिक काममा सक्रिय क्लवले सामाजिक उत्तरदायित्व अन्तर्गत उज्यालो घरमा सहयोग गरेको क्लवका अध्यक्ष आकाश खनालले जानकारी दिए ।
कार्यक्रममा लायन्स क्लब अफ तनहुँका पूर्व अध्यक्ष कृष्णहरि गैरे, लियो क्लबका निवर्तमान अध्यक्ष बसन्ती थापा लगायतले क्लवले गरेका कामको चर्चा गरेका थिए ।