काठमाडौँ । प्यालेस्टिनी लडाकु समूह हमासले १४ महिनाअघि इजरायलमाथि आक्रमणका क्रममा बन्धक बनाएका कन्चनपुरका विपिन जोशी गाजापट्टीमा रहेको सूचना इजरायल सरकारले प्राप्त गरेको छ । यो सूचना सुनाउँदै इजरायलका लागि नेपाली राजदूत शमुलिक ए. बासले जोशी चाँडै नेपाल फर्कने आशा व्यक्त गरेका छन् ।
लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका जोशीलाई हमासले २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बन्धक बनाएको थियो । त्यसयता उनको अवस्था अज्ञात थियो ।
‘उनी जीवितै छन् । यो सत्य हो । उनलाई गाजापट्टीको कुनै स्थानमा राखिएको सूचना पाएका छौं,’ काठमाडौंमा बिहीबार कूटनीतिक पत्रकारसँगको भेटमा नवनियुक्त राजदूत बासले भने । जोशी जिवित रहेको सूचना अरबी मुलुकहरूको स्रोतबाट प्राप्त भएको उनको भनाइ छ ।(इकान्तिपुरबाट)