कालीभञ्जन गण (इ) ले मनायो २१ औ वार्षिकोत्सव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कालीभञ्जन गण (इ) ले मनायो २१ औ वार्षिकोत्सव

    खबरपुञ्ज संवाददाता

    २४ मंसिर २०८१, मंगलवार

    दमौली । व्यास नगरपालिका-५ चापाघाटस्थित कालीभञ्जन गण (इ) ले मंगलबार २१ औ वार्षिकोत्सव मनाएको छ ।

    विसं २०६० साल मंसिर १८ गते स्थापना भएको गणले विविध कार्यक्रम सहित वार्षिकोत्सव मनाएको हो ।

    कार्यक्रममा कर्णेल कमाण्डाण्ट कृष्णमुरारी न्यौपानेले सेनाको छवि उच्च बनाउने काममा कालीभञ्जन गणले महत्वपूर्ण भूमिका निभाउँदै आएको बताए ।

    गणले मध्यकमाण्ड अन्तर्गतका युनिटहरुलाई कम्व्याट इन्जिनियरिङ सहयोग गर्दै आएको गणपति प्रमुख सेनानी बसन्त कार्कीले जानकारी दिए ।

    वार्षिकोत्सव समारोहमा नृत्य, गायन कला प्रस्तुत गरिएको थियो ।वार्षिकोत्सवमा उत्कृष्ट जवान सम्शेर अधिकारी घोषित भएका छन् ।

    चारपूर्व अवस्थित फिल्ड कम्पनीहरु (नं १, २, ३ र ६) लाई समायोजन गरी गणको स्थापना भएको थियो । स्थापनाकालदेखि हालसम्म कालीभञ्जन गण विभिन्न स्थानहरुमा स्थानान्तरण भइरहेको छ ।

    यसगण गौचर व्यारेक एयरपोर्टमा स्थापना भई विसं २०६१ असोज ३ गते तत्कालिन श्री पश्चिम पृतना हेडक्वाटरको परिसरभित्रको फूलबारी व्यारेकमा स्थानान्तरण भएको थियो । २०६१ चैत १६ गते पोखरा विमानस्थलको सुरक्षार्थ पोखरा एयरपोर्टमा स्थानान्तरण भएको गण २०७५ वैशाख १४ गते एयरपोर्टबाट तत्कालिन श्री पश्चिम पृतना हेडक्वाटर परिसरभित्र विजयपुर व्यारेकमा स्थानान्तरण भएको थियो ।