शुक्लागण्डकीका विपन्न पॉच परिवारको पॉच लाखको बीमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकीका विपन्न पॉच परिवारको पॉच लाखको बीमा

    खबरपुञ्ज संवाददाता

    ३ पुष २०८१, बिहीबार

    दमौली । लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सले शुक्लागण्डकी नगरपालिका-७ मा बसोबास गर्ने विपन्न पॉच घरपरिवारलाई रु पॉच लाख बराबरको स्वास्थ बीमा गराएको छ ।

    त्यस्तै क्लवले भिमाद नगरपालिका-२ निवासी दुवै मृगौला खराब भएकी बिरामी अनिसा राना मगरलाई उपचारमा सहयोगका लागि रु आठ हजार सात सय ३५ सहयोग गरेको छ ।

    सामाजिक उत्तरदायित्व अन्तर्गत क्लवले विपन्न परिवारको बीमा गराउनुका साथै मिर्गौला पीडितलाई सहयोग गरेको क्लवका अध्यक्ष तुलसी कुमारी श्रेष्ठले जानकारी दिइन् ।

    कार्यक्रममा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एल नेपालका डिस्ट्रिक्ट को-चिफ एडभाईजर अमृत बराल, डिष्ट्रिक्टका जिएसटी कोअर्डीनेटर सुजित हिराचन, डिपार्टमेन्ट को-चिफ समुन्द्रराम श्रेष्ठ, जोन चियरपर्सन पिताम्बर तिमिल्सिना, डिष्ट्रिक्ट चियरपर्सन प्रमोद लामिछाने, लायन्क क्लव तनहुँ खैरेनीटारका प्रथम उपाध्यक्ष सुरेन्द्र श्रेष्ठ लगायतको उपस्थिति थियो ।