दमौली । पूर्वमन्त्री एवं बारा क्षेत्र नम्बर ४ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले आफ्ना बुवा केबलबहादुर श्रेष्ठको स्मृतिमा नेपाल पत्रकार महासंघ बारा मार्फत १ लाख रुपैयाँ राशीको केबल बहादुर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारको अक्षयकोष स्थापना गरेका छन् ।
पत्रकारिता क्षेत्रको प्रबर्धनका लागि अक्षयकोष स्थापना गरेको सांसद श्रेष्ठले बताए ।
सांसद श्रेष्ठले यसअघि बुबाको स्मृतिमा सोही नाममा नेपाल पत्रकार महासंघ तनहुँमा रु एक लाखको पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरिसकेका छन्। तनहुँमा स्थापित उक्त पुरस्कारबाट हालसम्म तीन जना पत्रकार पुरस्कृत भइसकेका छन् ।