दमौली । तनहुँको म्याग्दे गाउँपालिकाको सोमबारदेखि सुरु भएको सत्रौ गाउँसभामा ३४ वटा प्रस्ताव र तीन वटा विधेयक पेश भएको छ । गाउँपालिकाको सभाहलमा सुरु भएको गाउँसभामा उक्त प्रस्ताव र विधेयक पेश गरिएका हुन् ।
म्याग्दे गाँउपालिकाको तथ्याङ्क तथा अभिलेख व्यवस्थापन विधेयक २०८१, म्याग्दे गाँउपालिकाको वालअधिकार विधेयक २०८१ र म्याग्दे गाँउपालिकाको आर्थिक ऐन २०८१ पहिलो सम्बोधन २०८१ माथि गाउँपालिकाका सदस्यहरुले सैद्धान्तिक छलफल गरेका थिए ।
गाउँसभामा उपाध्यक्ष वालकृष्ण घिमिरेले सङ्कल्प प्रस्ताव पेश गरेका थियो भने वडाध्यक्ष बसन्तकुमार श्रेष्ठ र कार्यपालिका सदस्य बद्रीका घिमिरेले छलफलमा भाग लिएका थिए ।
गाउँसभामा सार्वजनिक लेखा समितिको अर्धवार्षिक प्रतिवेदन २०८१।०८२ संयोजक शिवबहादुर क्षेत्री, न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन संयोजक बालकृष्ण घिमिरे र सुशासन समितिको अर्धवार्षिक प्रतिवेदन संयोजक सुनिता नेपालीले प्रस्तुत गरेका थिए ।
गाउँसभामा कार्यपालिकाले गरेका हालसम्मका निर्णय अनुमोदन, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण दोस्रो संशोधनसँगै करार दरवन्दी स्वीकृत, योजना तथा कार्यक्रम फरफारक, आन्तरिक राजश्व वृद्धि, नदिजन्य घाट, ठेक्का तथा अमानत, नीति जग्गा उत्खनन व्यवस्थापन, लिलाम विक्री, निकासी ठेक्का आदि, विभिन्न विधेयक स्ीवकृत, हालसम्मको खर्च अनुमोदन, सवारी मर्मत तथा खरिद, अधिकार प्रत्यायोजन, करार नविकरण रहेका छन् ।
यसैगरि प्रस्तावहरुमा डिजिटलाईजेशन उपयोग र निरन्तर अध्यावधिक, विभिन्न प्रतिवेदन छलफल तथा स्वीकृत, बाँदर नियन्त्रण, सङ्कल्प प्रस्ताव स्वीकृत तथा कार्यन्वयन गर्ने, राजश्व छुट, तलवी प्रतिवेदन स्वीकृत सम्वन्धमा, आय सङ्कुचनसँगै भुक्तानी हुन नसक्ने योजना, सहकारी नियमन व्यवस्थापन, विद्यालय नियमन व्यवस्थापन, रिक्त कर्मचारी करार पदपूर्ति, अवैध उत्खनन जरिवाना असुली, जग्गा भोगाधिकार, आर्थिक विपन्न आवास निर्माण अन्तरगत जग्गा रोकका सम्वन्धमा, सार्वजनिक भवन निर्माण, खानेपानी लगायत अपुरा योजना सम्पन्न गर्ने प्रस्ताव पेश भएको अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।